भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना | Khabarhub Khabarhub

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

केदारनाथ– मर्मतको लागि  विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ ।

मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो ।

हेलिकप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए।

‘हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले भने। टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ,’ चौबेले भने । 

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली दुर्घटनास्थलमा पुगी राहत कार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।   

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ३ : ५० बजे

सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन

काठमाडौं- फिल्म ‘के घर के डेरा’ को दोस्रो सिक्वेल ‘घर

पलेशालाई ५ लाख रुपैयाँसहित कांग्रेसको सम्मान

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पाराओलम्पिक खेलमा कास्य पदक विजेता

रणवीर-दीपिकालाई पुत्रीलाभ !

काठमाडौं- बलिउड नायिका दीपिका पादुकोणले छोरी जन्माएकी छिन्‌ । मुम्बईंको

भारतीय प्रधानमन्त्री मोदीका आर्थिक सल्लाहकारले गरे ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन

काठमाडौं– ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन भएको छ ।  किताबमा

चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन