प्रवक्ता महतले भने- देश विकास गर्ने पार्टी कांग्रेस नै हो  | Khabarhub Khabarhub

प्रवक्ता महतले भने- देश विकास गर्ने पार्टी कांग्रेस नै हो 


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 हेटौंडा – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले देशको विकास गर्ने पार्टी नेपाली कांग्रेस भएको बताएका छन्। 

शनिबार मकवानपुरको हेटौडामा आयोजित जय नेपाल फाउण्डेसनको बागमती प्रदेश स्तरीय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। 

उनले कांग्रेस कम्जोर बन्यो भने देशको विकासको गति पनि कम्जोर  बन्ने भन्दै काँग्रेसलाई गाँउ तहबाट एकतावद्ध बनाएर लैजान कांग्रेसका नेताकार्यकर्ता हरूलाई पनि आव्हान गरे। 

पूर्व अर्थमन्त्री समेत रहेका प्रवक्ता महतले देशमा पछिल्लो समय केही पनि भएन भन्ने गलत प्रकारको नकारात्मक भ्रम सिर्जना गरेर देशमा बस्नै हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजेको भन्दै त्यतातिर सचेत रहन आग्रह समेत गरे। 

प्रवक्ता महतले भने देशमा धेरै भएको छ, बाटो घाटो र शिक्षाको पहुँच देशभर पुगेको छ, जनता स्वास्थ्य, खानेपानी र विद्युतको पनि सहज पहुँचमा छन्, यद्यपि यो प्रयाप्त विकास भएको भने होइन अझै धेरै गर्न बाँकीनै छ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ५ : ४१ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका