सिन्का बेचेर जीवन निर्वाह गर्दै उनासी वर्षीय धनबहादुर « Khabarhub

सिन्का बेचेर जीवन निर्वाह गर्दै उनासी वर्षीय धनबहादुर


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टक्सार – इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन्– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छन्।

धनबहादुरमात्र होइन, उनका दालु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहेका थिए । धनबहादुरले भने, ‘विगतमा  १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु ।’

 सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उनले बताए। उनले भने, ‘असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धेरैले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।’ 

आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेशामा लागेको धनबहादुर सुनाउँछन्। उनले भने ‘अहिले त खाली युवाहरू विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन। ‘

घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उनले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताए। उनले ती सिन्का बिक्रीबाट एक हजार पाँच सयमाथि कमाएको बताए। सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताए। यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ६ : ४३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल