ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध « Khabarhub

ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

शुक्रबार ब्राजिलको सर्वोच्च अदालतले एक्समाथि देशभर प्रतिबन्ध लगाउन आदेश दिएपछि सरकारले सो आदेशको पालना गरेको बताइएको छ ।

यस अघि सर्वोच्चले एक्सलाई ब्राजिलमा आफ्नो स्थानीय प्रतिनिधि राख्न आदेश दिएपछि एक्सका मालिन एलन मक्सले अगस्त १७ मा ब्राजिलको आफ्नो कार्यालयनै बन्द गरिदिएका थिए ।

ब्राजिलको सर्वोच्च अदालत र एक्सको बीचमा पछिल्ला महिनाहरूदेखि नै विवाद बढ्दै आएको थियो । अदालतले यसअघि पनि ब्राजिलका केही एक्स काउन्टरलाई प्रतिबन्ध लगाउन आदेश दिएपनि एक्सले वाक स्वतन्त्रताको हवाला दिँदै अस्वीकार गरको थियो ।

सर्वोच्चले एक्सको कानुनी विवादमा गरेका जरिवाना नतिरेपछि गत बिहिबार मस्कको अर्को कम्पनी स्टारलिंकको बैंक खाता रोक्का गरेको थियो । ब्राजिलमा इन्टरनेट कनेक्सन उपलब्ध गराउने कम्पनि स्टारलिंकका साढे २ लाखभन्दा बढी ग्राहक रहेको बताइएको छ । सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने हुनाले कुनै तार कनेक्सन बिनानै स्टारलिंकले विश्वका सय भन्दा बढी देशमा इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

स्टारलिंकले सामाजिक सञ्जाल एक्सको प्रकरणसँग आफ्नो कुनै सरोकार नभएको अदालतमा जिकिर गरेपनि मालिक एकै भएको भन्दै सर्वोच्चले स्टारलिंकको खाता रोक्का गरेको थियो ।

 मस्कले सर्वोच्चको आदेशपछि ब्राजिलमा स्टारलिंकको इन्टरनेट नि:शुल्क उपलब्ध हुने बताएका छन् । बैंक खाता रोक्का गरिएकोले शुल्क उठाउन नमिलेको भन्दै उनले दुर्गम क्षेत्रका विद्यालय, अस्पतालहरू स्टारलिंकको इन्टरनेटमा भर परिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : २० बजे

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवानपुर– बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक