कांग्रेस–एमाले गठबन्धपछि राजनीतिमा विश्वासको वातावरण बनेको छ : गृहमन्त्री लेखक « Khabarhub

कांग्रेस–एमाले गठबन्धपछि राजनीतिमा विश्वासको वातावरण बनेको छ : गृहमन्त्री लेखक


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि भएको सहमति इमान्दारीपूर्वका कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा शनिबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘कांग्रेसको पहिलो जिम्मेवारी भनेको हाम्रो पहलमा निर्माण गरेको समीकरणलाई अगाडि बढाउनु हो । हाम्रो पार्टी सभापति शेरबहादुर देउवा र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीबीच असार १७ मा भएको सात बुँदे सहमतिलाई इमान्दारपूर्वक कार्यान्वयन गरेर निष्कर्षमा पुर्याउने जिम्मेवारी अहिले कांग्रेसको छ,’ उनले भने ।

कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको भन्दै राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको बताए। दुई दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमानदार प्रयत्न रहने गृहमन्त्री लेखकले बताए ।

कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्नु गृहमन्त्री लेखकको भनाइ छ । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको उनको दाबी छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ९ : ३० बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता