एमपक्स नेपालमा पनि आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन : डा. शेरबहादुर पुन « Khabarhub

एमपक्स नेपालमा पनि आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन : डा. शेरबहादुर पुन


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एसोसिएसनद्वारा आज राजधानीमा आयोजित ‘वर्तमान विश्वमा स्वास्थ्य जीवनसम्बन्धी’ गोष्ठीमा बोल्दै डा पुनले हाल अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स (मङ्की पक्स) नेपालमा पनि आउन सक्ने बताए ।

विगतमा स्वाइन फ्लु र कोभिडको प्रकोप पनि दक्षिण एसियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताए । “कतै देखिएको प्रकोपलाई हामी त्यो देशभन्दा धेरै टाढा छौँ भनेर ढुक्क हुने अवस्था छैन,” उनको भनाइ थियो ।

यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको पनि डा पुनले बताए । यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको डा पुनले बताए ।

सन् १९५८ मा बाँदरहरुमा देखिएका कारण मङ्की पक्स नाम पाएको यो रोग सन् १९७० मा कङ्गोका एकजना नौवर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो । ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ ।

पछिल्लो समय लामुखुटे नियन्त्रण प्रभावकारी नहुँदा डेङ्गीको समस्या बढ्दै गएको पनि उनले बतायो । यसबाहेक हैजाको समस्या भने जार वा बोटलको पानी भन्दै नउमाली खाने बानीले बढाएको देखिएको पनि उनले बताए।

कार्यक्रममा हृदयरोग विज्ञ डा ओम मूर्ति अनिलले हृदय रोग, मधुमेह र मिर्गौला रोग लाग्न नदिन बूढेसकाल लागेपछि होइन युवा उमेरदेखि नै अनुशासित खानपान र जीवनशैली हुनुपर्ने बताए । शरीर ३० वर्षको आसपासमै अधिक तौल आदिले समस्या उन्मुख भइसकेको हुन्छ । त्यस्तो मानिसले ५० वर्षपछि कुनै अप्ठ्यारो परेर स्वास्थ्य जाँच गर्दा समस्या दीर्घकालीन भइसक्छ, उनको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपालमा वायु र जल प्रदूषण जनस्वास्थ्यका लागि सबैभन्दा प्रमुख चुनौतीका रुपमा देखिएको बताउँदै यसको समाधानका लागि स्वस्थ्य खानेपानीको आपूर्ति र वायु प्रदूषणका कारकहरू नियन्त्रण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १० : ४४ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९