स्पेनमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो | Khabarhub Khabarhub

स्पेनमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनमा आएको दशककै ठुलो बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ। बाढीकै कारण पूर्वीय प्रान्त भ्यालेन्सिया अहिले धेरै नै प्रभावित छ।

मंगलबार आएको मुसलधारे वर्षापछिको बाढीका कारण मानिस घरको छतमा बस्न तथा रुख चढ्न बाध्य भएका थिए।

भ्यालेन्सियामा कम्तीमा ९२ जनाको ज्यान गएको छ भने कास्टिलामा २ तथा मालगामा एक बेलायतीको ज्यान गएको हो।

प्रधानमन्त्री पेड्रो साँचेजले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्। साथै उनले संकट बढेको क्षेत्रमा आवश्यक परे राहत सामग्री थप गर्ने बताएका छन्।

बुधबार बिहानदेखि स्पेनको सेना तथा आपत्कालीन उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा सामान ओसार पसार गर्न व्यस्त थिए। बुधबार सुरुमै एक हजार जना सेना तैनाथ गरिए पनि ती मध्येको धेरै जसो बिच बाटोमा नै रोकिएका थिए। युरोपियन युनियनका प्रमुख उरुस्ला भान डेन लियोनले स्पेनमा रहेको उद्धारकर्ताको सहयोगकै लागि कोपरनिकस स्याटलाइट सिस्टमको प्रयोग गर्ने जनाएका हुन्। अन्य युरोपेली छिमेकी देशले पनि अहिले स्पेनका सहयोग गर्नेक्रम जारी रहेको छ।

यो बाढी आउनुमा धेरै कारण भए पनि मूल कारण जलवायु परिवर्तन भएको मानिएको छ।

वैज्ञानिकले पनि तापक्रममा आएको वृद्धिका कारण धेरै पानी बढेको बताएका छन्। औद्योगिक काल भन्दा यता १.१ डिग्री तापक्रम बढेपछि यसले संसारभरी नै समस्या ल्याएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ५ : १६ बजे

भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, मृतकको पहिचान हुन् बाँकी

नयाँदिल्ली– भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी

ट्रम्प र ह्यारिसमा को पुग्ला ह्वाइट हाउस ? यसो भन्छन् अमेरिकी मतदाता

काठमाडौं- मंगलबार अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । अमेरिकामा

छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज– यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार

युवक बेपत्ता घटनामा एकजना पक्राउ

रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोसी

अन्तिम दिन ह्यारिस र ट्रम्प झनै आक्रामक

न्युयोर्क– अमेरिकी राष्ट्रपति पदको निर्वाचनका एक दिन बाँकी रहँदा मिचिगनमा