तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति | Khabarhub Khabarhub

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन्।

तिहार पर्व, २०८१ को पावन अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध गरेका छन्।

उपराष्ट्रपति यादवले यस पर्वले सामाजिक सौहार्दता, भाइचारा एवं राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे। “तिहार धार्मिक, सांस्कृतिक र सामाजिकताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण पर्व हो। यो एउटा पर्व मात्रै होइन नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा पनि हो। मुख्यतः हिन्दू, जैन र सिख धर्मावलम्बीले अत्यन्तै आस्था र श्रद्धाभावका साथ यो पर्व मनाउँछन्।

तिहार विभिन्न रीतिरिवाज, रहनसहन, परम्परा र अनुष्ठान समावेश भएको विविधतामा एकताको सन्देशवाहक पर्व पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ। यस पर्वका अवसरमा गरिने घरआँगनको सरसफाइ, घरघरमा दीप प्रज्वलन, धनतेरस, देउसीभैलो, कागतिहार, कुकुरतिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्धन पूजा, हुर्राहुर्री, डाढ, म्हः पूजा र भाइटीका आदि यसका सांस्कृतिक विशेषताका रहेका सन्देशमा उल्लेख छ।

प्रकाशमय यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवं दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ७ : २२ बजे

देउसी खेलेर क्याम्पसमा अक्षयकोष स्थापनाको प्रयास

गलेश्वर– जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापना

चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी गर्दै रामपुरका युवा

रामपुर– गाउँ छाडेर युवा बिदेसिने क्रम बढेको भए पनि रामपुरका

नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक छन् : अर्थमन्त्री पौडेल

काठमाडौं–  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक

तिहारः पटका पड्काउँदा र दियो बाल्दा जलनबाट बचौँ

काठमाडौं – यसवर्षको तिहार सुरु भएको छ। तिहारलाई उज्यालो पर्वका