तिहारः पटका पड्काउँदा र दियो बाल्दा जलनबाट बचौँ | Khabarhub Khabarhub

तिहारः पटका पड्काउँदा र दियो बाल्दा जलनबाट बचौँ


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसवर्षको तिहार सुरु भएको छ। तिहारलाई उज्यालो पर्वका रुपमा मनाउने गरिन्छ। औँसीको रातलाई उज्यालो पार्न दियो बाल्ने परम्परा हो। तर समय परिवर्तनसँगै यसमा पनि धेरै प्रविधिको विकास भएको छ।

पहिले-पहिले माटोको पाला अथवा पातमा बाती राखेर बाल्ने गरिन्थ्यो भने अहिले त्यो सँगसँगै विद्युतीय बत्ती, मैनबत्ती लगायतको उज्यालोले घर नै झिलिमिली पारिएको हुन्छ। जसले जोखिम अझ बढाउँछ। त्यसैले सचेत भएर तिहार मनाउन चिकित्सकको सुझाव छ। जलनका घटना अन्य समयमा आइरहने तर तिहार भन्दा पछाडि जलनका घटना बढ्ने गरेको कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मीले बताए।

खबरहबसँग कुरा गर्दै डा. नकर्मीले भने, ‘जथाभावी पटका पड्काउने, तातो तेलमा परेर जल्ने, घरमा बाल्ने दियो यताउता सार्ने, चलाउने गर्दा जलनका घटनाबाट बालबालिका धेरै प्रभावित हुने गरेका छन् भने ठुलो मान्छे पनि सेलरोटी लगायतका रोटी पकाउँदा आगोले लुगा समाउने, तेल उछिट्टिने, दियोमा साडी लट्पटिएर जलेका घटना हरेक वर्ष आउने गरेका छन्। यसवर्ष पनि पटका बनाउने क्रममा एउटा हातका तीनओटा औंला गुमाएर एक किशोर अस्पतालमा भर्ना भएका छन्। त्यसैले होसियारी अपनाउनुपर्ने उनले बताए। ‘आगोले पोल्दा छालामा मात्रै जलन हुन्छ। तर पटाका विष्फोट हुँदा त्यसले शरीरको भित्री भाग मासु र हड्डीमा समेत असर गर्छ’, उनले भने।

त्यो बाहेक पटका पड्काउँदा ध्वनी र वायु प्रदूषण हुने, पटाका पड्केको आवाजले तर्सिने, निन्द्रा नलाग्ने, विभिन्न मानसिक समस्या हुने, कुकुर लगायतका घरपालुवा जनावर तर्सेर मानिसलाई टोक्नेसम्मको जोखिम हुने उनले बताए।

तिहार दियोको विद्युतीय बत्ती र पटकाको पर्व भएकाले यो समयमा सबैभन्दा उच्च जोखिम आगलागी र जलनको हुने भएकाले सचेत हुन उनको सुझाव छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत थापाले भनेका छन्, ‘सचेत र सुरक्षित रुपले यो पर्व मनाऔँ। पटाकाले जलेका औँला र आँखा गुमाएका बालबालिका तथा युवा हरेक वर्ष तिहारमा अस्पताल आउने गर्छन्। यो तिहारमा पनि घाइते आउन सुरु भइसकेको छ। आफू र आफन्त सुरक्षित बसौं। पटकाको प्रयोग नगरौं। यहाँहरुसँग अस्पतालमा भेट्ने इच्छा छैन।’

पटकामा सरकारको प्रतिबन्ध : बजारमा खुलमखुला बिक्री वितरण
तिहारमा पटकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी सरकारले बन्देज लगाएको छ। अवैध रुपमा किनबेच र पड्काउने कार्य भइरहेको देखिन्छ। ‘पटका पड्काउनु खतरापूर्ण काम हो। त्यसैले यो जथाभावी रुपमा नपड्काएको राम्रो। पड्काउनै परे घर वा आवासीय क्षेत्रदेखि टाढा पड्काउनु राम्रो हुन्छ’, डा. नकर्मीले भने।

बच्चालाई बल्दै गरेको दियो भन्दा टाढा राख्नु राम्रो हुनेछ। बलेको बत्ती बालबालिकालाई यताउता राख्न लगाउने काम गर्नु नहुने उनको भनाइ छ। ‘रमाइलोका लागि पटका बाल्नै परेमा प्रज्वलनशील कपडा जस्तै पोलिष्टर, कटन आदि लगाउनु हुँदैन। साडी जस्ता खुला कपडाले आगो सजिलै टिप्ने हुँदा यस्ता कपडा लगाउनु घातक हुन्छ। यसले जोखिम झन् धेरै बढाउँछ।’

जलनको प्राथमिक उपचार

जुनसुकै प्रकृतिबाट जलन भए पनि पहिलो प्राथमिक उपचार भनेको पानी हो। पानी सफा र ठिक्कको तापक्रममा हुनुपर्छ। एकदमै चिसो पानी लगाउनु हुँदैन। जलेको आधा घण्टासम्म पानी खन्याइराख्नुपर्छ। यत्ति गर्न सकियो भने जलन गहिरो हुन नपाउने उनको भनाइ छ।

आगलागी भयो वा जलन भयो भने के गर्ने ?
सबैभन्दा पहिले आत्तिएर नदौडिने, सुरक्षित ठाउँमा पुगेर एक्लै भए आफैले आगो निभाउने प्रयास गर्ने।

कोही छेउछाउमा भए आफूले नसके अरुको सहयोग माग्ने।

आफूले लगाएको कपडा सबै फुकाल्ने, गहना, औंठी केही लगाएको छ भने निकाल्ने।

आगो निभेपछि पोलिएको भागलाई ३० मिनेट जति चिसो बगिरहेको पानीमा राखेर चिस्याउने। जसले गर्दा जलन गहिरो हुन पाउँदैन।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ९ : ५५ बजे

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ

आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल