आरसीबीको कप्तान बन्दै विराट कोहली « Khabarhub

आरसीबीको कप्तान बन्दै विराट कोहली


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराट कोहली आइपीएलमा फेरी कप्तान बन्ने भएका छन् । कोहली आइपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को फेरी कप्तान बन्ने भएका हुन् ।

मिडिया रिपोर्टका अनुसार कोहलीले व्यवस्थापनसँग छलफल गरिसकेका छन् र कप्तानीमा फर्कन तयार भएका छन् ।

कोहलीले ९ सिजन आरसीबीको कप्तानी गरेपछि उनले २०२१ मा कप्तानी छोडेका थिए । यसपछि, २०२२ मा, फाफ डु प्लेसिसले पछिल्लो तीन सिजनको लागि टोलीको जिम्मेवारी लिए । ४० वर्षीय डु प्लेसिसलाई अर्को सिजनको लागि रिटेन गर्ने सम्भावना न्यून भएपछि कोहलीले कप्तानी गर्न अगाडी सरेको बताइएको छ ।

आइपिएलको मेगा अक्सनअघि खेलाडीहरूको रिटेनमेन्टको अन्तिम मिति दिन आज हो । आज साँझ ५ बजेअघि सबै फ्रेन्चाइजीले आफ्ना रिटेन गरिएका खेलाडीको नाम आइपिएल आयोजक समितिलाई पठाउनुपर्ने छ । यो सूचीसँगै कुन खेलाडीले कुन फ्रेन्चाइजसँग खेल्ने भन्ने टुंगो लाग्नेछ।

आरसीबीले अहिलेको टिमबाट कोहली र बलर यश दयाललाई मात्र रिटेन गरेर पुरै नयाँ टिम बनाउने तयारी गरेको बताइएको छ ।

विराट कोहली २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तान थिए । उनको कप्तानीमा, आरसिबी २०१६ मा फाइनलमा पुगेको थियो, सो फाइनलमा आरसिबी सनराइजर्स हैदराबादसँग पराजित भएको थियो । कोहलीले आइपिएलमा १४३ खेलमा कप्तानी गरेका छन्, जसमध्ये उनले ६६ जित र ७० खेलमा हार बेहोरेका छन् ।

पछिल्ला तीन सिजनमा फाफ डु प्लेसिसको कप्तानीमा टोलीले २०२२ र २०२४ मा प्लेअफमा स्थान बनाएको थियो, यद्यपि यसले २०२३ मा प्लेअफ गुमाएको थियो ।

कोहलीलाई आईपीएल २००८ अघि आरसीबीले अनक्याप्ड प्लेयरको रूपमा अनुबन्ध गरेको थियो। त्यसयता उनी लगातार टोलीको हिस्सा बनेका छन् ।

आरसीबीले १७ वर्षमा कोहलीलाई रिलिज गरेको छैन । उनी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ११ : १२ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको