युवा माझ ह्यारिसको सम्बोधन- यो तपाइहरूका लागि राजनीति होइन, जीवन हो  « Khabarhub

युवा माझ ह्यारिसको सम्बोधन- यो तपाइहरूका लागि राजनीति होइन, जीवन हो 


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले मेडिसिनमा रहेको युनिभर्सिटी अफ विन्सकनसिनमा भेला भएका हजारौँ युवाहरूलाई सम्बोधन गरेकी छन् ।

उनले बुधबार सम्बोधन गर्दै भनिन् ‘यो तपाइहरूका लागि राजनीति होइन, यो तपाइहरू बाँचेको अनुभव हो जुन मैले हेरिरहेको छु । मैले तपाईँहरूको शक्ति देखि रहेको छु ।’

५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचन अभियानमा पहिलो पटक मतदान गरी रहेका युवाहरूलाई सम्बोधन गर्ने क्रममा जलवायु परिवर्तन, बन्दुक नियन्त्रण र प्रजनन सम्बन्धी अधिकारको विषयमा चर्चा भएको थियो ।

अहिले ह्यारिस र रिपब्लिक र रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प दुवै जना युवा मतदाताको मन जित्न व्यस्त छन् ।
स्विङ राज्यमा पहिलो पटक मतदान गरी रहेकाहरूमा आफ्नो प्रभाव छाड्न व्यस्त छन् । एटलान्टामा युवाहरूलाई सम्बोधन गर्दै पूर्व प्रथम महिला मिचेल ओबावाले पनि ह्यारिसको विकल्प नभएको कुरामा जोड दिइन् ।

चुनावी प्रचारको क्रममा रहेकी ह्यारिसले अहिले पनि मध्यपूर्वको युद्धको कारण अभियानमा नै समस्या भोगी रहेकी छिन् । विन्सकन्सिनमा भएको कार्यक्रमको ठिक अघि विन्सकन्सिनमा ह्यारिसको अघि गाजामा युद्ध विरामको माग गर्दै प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै ह्यारिसले भनिन् ,‘ हरेकको आफ्नो कुरा राख्ने र सुन्ने अधिकार छ । तर अहिले म बोलिरहेको छु,’ह्यारिसको कार्यक्रममा साङ्गीतिक कलाकार ग्राइस अब्राहम्स ,ममफोर्ड एन्ड सन्स र रेमी उर्फले प्रथम दिएका थिए । विन्सकन्सिनमै ह्यारिस भन्दा २ घण्टा अघि ट्रम्पले पनि कार्यक्रम आयोजना गरेका थिए ।

सोही कार्यक्रममा ट्रम्पले आफू महिलाहरूको सुरक्षाका लागि प्रतिबद्ध भएको बताए । जारी निर्वाचनमा महिलाको आकर्षण ह्यारिस प्रति रहेको बारम्बारको सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ११ : ४९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,