साफको उपाधि गुमाएलगत्तै फ्रान्सतिर उडिन् साम्बा | Khabarhub Khabarhub

साफको उपाधि गुमाएलगत्तै फ्रान्सतिर उडिन् साम्बा


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ व्यवसायिक फुटबल खेल्न फ्रान्सतिर लागेकी छन् ।

महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको राति नै उनी व्यावसायिक फुटबल खेल्न फ्रान्स गएकी हुन् ।

छैटौं पटक फाइनलमा पुग्दा पनि उपाधि जित्न नसकेको पीडा बोकेर उनी पेरिसतिर लागेकी हुन् । तर उनलाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघका कुनै पदाधिकारी र कर्मचारी विमानस्थलमा देखिएनन् ।

उनले विमानस्थलमा हजारौँ नेपाली समर्थकको साथ पाउँदा पनि उपाधिबाट चुक्दा दु:ख लागेको बताइन् ।

अर्को पटक उपाधिका लागि अझै मिहिनेत गर्ने विश्वास दिलाउँदै उनी तिहारको मुखमा फ्रान्सतिर लागेकी हुन् ।

उनी विगत एक वर्षादेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट व्यवसायिक फुटबल खेल्दैछिन् । त्यसअघि उनले इजरायली क्लबबाट फुटबल खेलेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : ०२ बजे

मिथिलाञ्चलको हुक्कालोली लोप हुँदै

जलेश्वर– महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकै पौराणिक तथा सांस्कृतिक पहिचान बोकेको दीपावलीको

शैक्षिक ऐनले धेरै समस्या समाधान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा

चार महिनामा एक करोड ६० लाख राजस्व संकलन

इनरुवा – सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु

नेपाल पहिले सुन तस्करीको ट्रान्जिट, अहिले तस्करीकै सुनको बजार

काठमाडौं – विगतमा सुन तस्करीको ‘ट्रान्जिट’ बनेको नेपाल पछिल्लो समय

‘कुकुरबिनाको गोठाला कल्पना गर्न सकिँदैन’

म्याग्दी– रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन