उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण « Khabarhub

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई रुसमा सैनिक पठाएको आरोप लगाएयता उनको पहिलो हतियार परीक्षण हो । 

परमाणु–सशस्त्र उत्तर कोरियाले आगामी हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तर–महाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम)को परीक्षण वा परमाणु परीक्षणसमेत गर्नसक्ने थियो भनी सोलले एक दिनअघि चेतावनी दिएको थियो ।

यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई आफ्ना सैनिकहरूलाई रुसबाट फिर्ता बोलाउन आह्वान गरेको केही घण्टा पछि भएको हो । उनीहरूले उत्तर कोरियाली सैनिकहरू रुसी वर्दीमा युक्रेन विरुद्ध सम्भावित कारबाहीका लागि तैनाथ गरिएको चेतावनी दिएका थिए ।

‘अहिलेसम्मको प्रारम्भिक मूल्यांकनअनुसार प्योङयाङले नयाँ ठोस चालित लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हुनसक्छ’, सोलको सेनाले भन्यो । क्षेप्यास्त्र उच्च प्रक्षेपवक्रमा अर्थात् बाहिर नभई माथितिर प्रक्षेपण गरिएपछि करिब एक हजार किलोमिटर उडेको थियो ।

प्रक्षेपण गर्न छिटो र पत्ता लगाउन तथा पहिले नै नष्ट गर्न कठिन उन्नत ठोस–चालित क्षेप्यास्त्रहरूको विकास किमको लामो समयदेखिको लक्ष्य रहेको छ ।

उत्तर कोरियाले प्रतिबन्ध–विपरीत प्रक्षेपणको बचाउ गर्दै यसलाई ‘हाम्रो प्रतिक्रियाबारे प्रतिद्वन्द्वीहरूलाई सूचित गर्ने उद्देश्य पूरा गर्ने एउटा उपयुक्त सैन्य कार्य’ भनेको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीले किमलाई उद्धृत गर्दै बताएको छ । 

परीक्षणले उत्तर कोरियाको ‘रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैका रेकर्डहरू अपडेट गरेको’ बताइएको छ । किमले आफ्नो देशले ‘आफ्नो परमाणु शक्तिहरू बलियो बनाउने आफ्नो लाइन कहिल्यै परिवर्तन नगर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

टोकियोले ‘आइसिबिएम वर्गको’ क्षेप्यास्त्र उत्तरले पहिले परीक्षण गरेको कुनै पनि भन्दा लामो समयसम्म उडेको बताएको छ । यो करिब ८६ मिनेट हवामा रहेको र सात हजार किलोमिटरको उचाइसम्म पुगेको थियो ।

‘यसको उडान उचाइ हामीले देखेको सबैभन्दा उच्च थियो भन्ने हामीले अनुमान गरेका छौँ’, जापानी रक्षामन्त्री जेन नाकातानीले पत्रकारहरूलाई बताए।

वासिङ्टनले यो प्रक्षेपणलाई ‘संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का धेरै प्रस्तावको स्पष्ट उल्लङ्घन’ भनेर निन्दा गरेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता शन सावेटले एक वक्तव्यमा बताए।

प्रमुख क्षेत्रीय सहयोगीहरू सोल, वासिङ्टन र टोकियोले अमेरिकी रणनीतिक सम्पत्तिहरू समावेश गरेर संयुक्त सैन्य अभ्यासहरूद्वारा जवाफ दिने सोलले बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति युक सुक येओलले पनि देशले उत्तर कोरियामाथि ‘नयाँ स्वतन्त्र प्रतिबन्धहरू लगाउने’ र साझेदारहरू र संयुक्त राष्ट्रसङ्घसँग मिलेर प्योङयाङको ‘सुरक्षा परिषद् प्रस्तावहरूको नियमित उल्लङ्घन’ लाई दण्डित गर्न काम गर्ने बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : १६ बजे

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्