जसपा नेपाल झापाको अध्यक्षमा शत्रुधन चौधरी « Khabarhub

जसपा नेपाल झापाको अध्यक्षमा शत्रुधन चौधरी


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । दमकमा आयोजित पार्टीको जिल्ला भेलाद्वारा पुनर्गठित समितिको अध्यक्षमा शत्रुधन चौधरी चयन भएका छन् ।

समितिको उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र सावित्रीकुमारी राजवंशी, सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नुतन झा चयन भएका छन् । पुनर्गठित समितिको सदस्यहरूमा लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, गुणराज राई, गोपाल ताजपुरिया, जयनारायण राजवंशीलगायत रहेका पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलामा पार्टीका केन्द्रीय सदस्य धीरेन लावती, लोकसागर साम्बा, कोशी प्रदेश अध्यक्ष दीपक याक्खालगायतको सहभागिता रहेको थियो । 

भेलामा सहभागी वक्ताहरुले पहिचान र सङ्घीयताका निम्ति राजनीतिक आन्दोलनमा रहेका स–साना शक्तिहरुलाई आफूमा समाहित गरेर अगाडि बढ्न सकेमात्र जसपा नेपालको आन्दोलन सशक्त हुने सुझाव दिएका थिए । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १ : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको