चार महिनामा एक करोड ६० लाख राजस्व संकलन « Khabarhub

चार महिनामा एक करोड ६० लाख राजस्व संकलन


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा एक करोड ६० लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानबाट एक करोड ६० लाखभन्दा बढी राजस्व संकलन गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए। 

उनका अनुसार गत साउनमा ४७ लाख ३४ हजार चार सय ६९, भदौमा ६१ लाख पाँच हजार पाँच सय दुई, असोजमा ३२ लाख नौ हजार पाँच सय ३६ र कात्तिकको हालसम्म रु १९ लाख ५३ हजार छ सय ३७ राजस्व संकलन भएको हो ।

सीमा क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका क्रममा विभिन्न किसिमका भन्सार छलीका सामग्री पक्राउ गरेर भन्सार कार्यालयमा बुझाउँदा सो बराबरको राजस्व संकलन भएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए। उनका अनुसार सशस्त्र प्रहरी बल ४ नम्बर गण मातहत सुरक्षा पोष्ट र बिओपीबाट राजस्व संकलन हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १ : ३८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या