सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने | Khabarhub Khabarhub

सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।

बुधकार बेलुका रविको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीसम्बन्धमा प्रहरीले कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ गरेर स्थलमार्ग हुँदै कास्की लगेको थियो । उनी कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

उनको बयान सकिएको पुष्टि सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले खबरहबलाई गरेका छन् । उनका अनुसार तिहारपछि लामिछानेलाई अदालतमा उपस्थित गराइने छ ।

उनलाई २० गते अदालत उपस्थित गराएर म्याद थप गरिने तिवारीले जानकारी दिए । उनले खबरहबलाई भने, ‘बुधबार बेलुका नै बयान सकिएको हो । अब आवश्यक प्रमाण र कागजात, भिडियो झिकाउने काम हुन्छ । अनुसन्धानबाट तानिएका अरू व्यक्तिलाई पनि खोज्ने काम हुँदैछ।’

उनले रविको बयानका कुराहरु खुलाउन चाहेनन् । रविले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि एमाले सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानबिन समितिले नै गरिसकेको दलिल बयानका क्रममा गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ३ : ०० बजे

डुडियाँ–तङ्ग्राम–धम्जा सडक : ट्रयाक खुलेको २५ वर्षपछि स्तरोन्नति

ढोरपाटन – जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३

तिहारमा छैन लोडसेडिङको डर, ‘ढुक्कले बत्ती बाल्नुस्, घर उज्यालो बनाउनुस्‌’

काठमाडौं – यमपञ्चकको दोस्रो दिन आज देशभर उल्लासका साथ कुकुर

तिहारमा घर उज्यालो बनाउने झिलिमिली बत्ती (तस्बिरहरू)

काठमाडौं- देशमा लोडसेडिङ हुन छाडेसँगै आफ्नो घरलाई बत्तीले झिलिमिली पार्ने

साम्बा भन्छिन्- बंगलादेशसँगको हार बिर्सिन धेरै समय लाग्छ

काठमाडौं- नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको

कुम्भकर्ण हिमालमा फोहर संकलन

फुङ्लिङ– ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर