सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने | Khabarhub Khabarhub

सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।

बुधकार बेलुका रविको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीसम्बन्धमा प्रहरीले कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ गरेर स्थलमार्ग हुँदै कास्की लगेको थियो । उनी कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

उनको बयान सकिएको पुष्टि सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले खबरहबलाई गरेका छन् । उनका अनुसार तिहारपछि लामिछानेलाई अदालतमा उपस्थित गराइने छ ।

उनलाई २० गते अदालत उपस्थित गराएर म्याद थप गरिने तिवारीले जानकारी दिए । उनले खबरहबलाई भने, ‘बुधबार बेलुका नै बयान सकिएको हो । अब आवश्यक प्रमाण र कागजात, भिडियो झिकाउने काम हुन्छ । अनुसन्धानबाट तानिएका अरू व्यक्तिलाई पनि खोज्ने काम हुँदैछ।’

उनले रविको बयानका कुराहरु खुलाउन चाहेनन् । रविले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि एमाले सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानबिन समितिले नै गरिसकेको दलिल बयानका क्रममा गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ३ : ०० बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा