बाँसको र्‍याक बनाएर जीविकोपार्जन | Khabarhub Khabarhub

बाँसको र्‍याक बनाएर जीविकोपार्जन


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक  निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् ।

बुबाले विसं २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका हुन् । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको र्‍याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन् । व्यवसायीहरूले एकैपटकमा एक सय बढी सङ्ख्यामा र्‍याकको माग गर्ने भएकाले उनको दैनिकी र्‍याक बनाउनमै बित्छ ।

‘अहिले  र्‍याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत र्‍याक बनाएर बस्नु परेको छ’, उनले भने, ‘र्‍याक लिन व्यापारीहरू आफैँ गाडी लिएर आइपुग्छन् ।’

बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उनको भनाइ छ । उनका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा र्‍याक तयार गर्छन् । 

विभिन्न चार आकारको र्‍याक  बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा तीन सय १० देखि पाँच सयसम्ममा बिक्री गर्दै आएको बताए। र्‍याक बिक्रीबाटै खर्च कटाएर उनले हाल मासिक औसतमा ३० हजार बचत गर्ने गरेको बताए। कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट र्‍याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ । 

र्‍याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ’, उनले भने, ‘छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ ।’

र्‍याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए।

 सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरूलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए। सुरुमा १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ । बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर र्‍याक बनाउन सकिन्छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ३ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल माघ ४ गते शुक्रबार माघ कृष्ण

किन ढिला हुँदैछ युद्ध विराम प्रस्ताव इजरायल क्याबिनेटमा लैजान ?

इजरायल – हमासले अन्तिम समयमा सहमति पत्रमा केही फेरबदल गर्न

आज २०८१ साल माघ ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ४ गते शुक्रबार माघ

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

जुबा – दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स ९एसएसपिडीएफ० र सुडान