ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै « Khabarhub

ऋषभ पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आइपिएल टिम दिल्ली क्यापिटल्सले रिटेन नगर्ने भएको छ । 

मिडिया रिपोर्टका अनुसार दिल्लीले पन्तलाई रिटेन नगर्ने भएपछि उनी मेगा अक्सनमा जाने भएका हुन् ।  दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गर्ने भएको छ । 

दिल्लीसँग मेगा अक्सनमा २ ‘राइट टू म्याच’ कार्ड हुने भएकाले अक्सनका क्रममा पन्तलाई किन्ने प्रयास गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पन्त दिल्लीमा २०१६ मा आवद्ध भएका थिए । उनी २०२२ देखि दिल्लीको कप्तान समेत थिए ।

 आइपिएल फ्रेन्चाइजीहरुले आज साँझ ५ बजेसम्म आफूले रिटेन गरेका खेलाडीको सूची आइपिएल गर्भर्निंग काउन्सिललाई बुझाउने समय दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ३ : २९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच