तस्बिरमा सिस्नुपानी देउसी « Khabarhub

तस्बिरमा सिस्नुपानी देउसी


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिस्नुपानी नेपालले यस वर्षको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहीबार उक्त  कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा कलाकारद्वय यमन श्रेष्ठ र राजाराम पौडेलले प्यारोडी गीतको संयुक्त प्रस्तुती दिएका थिए । उनीहरुले प्यारोडीमार्फत् सहकारी ठगी प्रकरण जस्ता सामाजिक मुद्दा र समसामयिक राजनीतिक विषयमा व्यङ्ग्य मिसाएका थिए ।

त्यस्तै, कवि लक्ष्मण गाम्नागेले ‘फेरि जन्मनु पर्ने भयो’ शीर्षकको कविता सुनाएका थिए । उनले भ्रष्टाचार, कालोबजारी, घुसखोरी नेता जस्ता समाजका नकारात्मक पात्रलाई जीवन अनुभूति गर्न अर्को जन्म लिन मन लागेको भन्दै व्याङ्ग्यत्मक कविता प्रस्तुत गरेका थिए ।

विगतका वर्षमा जस्तै टंक आचार्य र धिरेन्द्र प्रेमर्षीको समूहले देउसी खेलेको थियो । देउसीमा वर्षभरका मुख्य राजनीतिक, समसामयिक घटनाबारे घोचपेच मिसाइएको थियो ।

यो पटक भने वरिष्ठ कलाकार मनोज गजुरेल ताप्लेजुङका वृद्धको व्यक्तिको चरित्रमा देखिएका थिए । मनोजको समूहले भने खैजडी भजन नृत्य प्रस्तुत गरेको थियो । उनी भजनका मूल गायक बनेका थिए ।

कार्यक्रमको प्रुखम अथितिमा प्रधानमन्त्री केपी शर्माले ओलीलाई आमन्त्रण गरिएको थियो । उनी श्रीमति राधिका शाक्यसहित कार्यक्रममा आएका थिए । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई उपस्थित थिए ।

त्यस्तै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत मन्त्री, पूर्वमन्त्री, सांसद र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ६ : १३ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड