सुरक्षण मुद्रण केन्द्रमा छिटै नयाँ प्रमुख नियुक्त गरिने छ : मन्त्री गुरुङ « Khabarhub

सुरक्षण मुद्रण केन्द्रमा छिटै नयाँ प्रमुख नियुक्त गरिने छ : मन्त्री गुरुङ


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले छिटै नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङले केन्द्रका यसअघिका प्रमुख भ्रष्टाचार प्रकरणमा मुछिएकाले नयाँ प्रमुख खोजेर केन्द्रलाई अघि बढाउन बताएका हुन् ।

उनले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर लगाएत केन्द्रबाट छपाई गर्न सके देशको अर्बौं रकम जोगिने जिकिर गरे ।

समाजवादको लक्ष्य पुरा गर्नका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सरकार अघि बढिरहेको उनले बताए । मन्त्री गुरुङले भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन स्थापित गर्न सरकारको ध्यान केन्द्रीत रहेको पनि बताए ।

एमाले नेता समेत रहेका गुरुङले पार्टीभित्र भएका कमीकमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्ने र कार्यकर्ताहरूलाई देशको शासन व्यवस्थाका बारेमा राम्रोसँग प्रशिक्षण दिनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ५ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया