सुरक्षण मुद्रण केन्द्रमा छिटै नयाँ प्रमुख नियुक्त गरिने छ : मन्त्री गुरुङ « Khabarhub

सुरक्षण मुद्रण केन्द्रमा छिटै नयाँ प्रमुख नियुक्त गरिने छ : मन्त्री गुरुङ


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले छिटै नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङले केन्द्रका यसअघिका प्रमुख भ्रष्टाचार प्रकरणमा मुछिएकाले नयाँ प्रमुख खोजेर केन्द्रलाई अघि बढाउन बताएका हुन् ।

उनले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर लगाएत केन्द्रबाट छपाई गर्न सके देशको अर्बौं रकम जोगिने जिकिर गरे ।

समाजवादको लक्ष्य पुरा गर्नका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सरकार अघि बढिरहेको उनले बताए । मन्त्री गुरुङले भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन स्थापित गर्न सरकारको ध्यान केन्द्रीत रहेको पनि बताए ।

एमाले नेता समेत रहेका गुरुङले पार्टीभित्र भएका कमीकमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्ने र कार्यकर्ताहरूलाई देशको शासन व्यवस्थाका बारेमा राम्रोसँग प्रशिक्षण दिनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ५ : ५९ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका