म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार « Khabarhub

म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार राति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ।

म्यानचेस्टर युनाइटेड ४५ वर्ष यता घरेलु भूमिमा पहिलो पटक लगातार तीन खेलमा पराजित भोगेको हो। साथमा न्यु क्याशलले पनि म्यानचेस्टर भूमिमै गएर हराएको भने सन् १९७२ पछि दोस्रो पटक हो।

अलेक्जेन्डर इसाक र जोयलिनटनले सुरुवातमै गरेको गोलमा जित हात पारेको न्यु क्याशल प्रिमियरसिपको अङ्क तालिकामा पाँचौँ स्थानमा रहँदै वर्ष २०२४ को अन्त्य गर्न सफल भएको छ।

पछिल्ला चार प्रिमियरसिप खेलमा सफलता पाएको म्यानचेस्टरका लागि इसाकले १२ गोल गरिसकेका छन्। लगातार ६ खेलमा गोलको सफलता पाएका उनले ६ खेलमै ८ गोल गरेका हुन्।

यसअघि म्यानचेस्टरले सन् १९७९ मा लगातार तीन घरेलु खेलमा पराजयको सामना गरेको थियो। युनाइटेडले तालिकामा १४ औँ स्थानमा रहँदै यस वर्षको अन्त्य गरेको छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ५६ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी