होमसेन्टर नपाएको भन्दै जनकपुरको रामस्वरुप क्याम्पसमा तालाबन्दी  « Khabarhub

होमसेन्टर नपाएको भन्दै जनकपुरको रामस्वरुप क्याम्पसमा तालाबन्दी 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराव) क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू परीक्षा केन्द्र अन्य क्याम्पसमा कायम गरिएको भन्दै आन्दोलित भएका छन् । स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा पुस १७ गतेदेखि हुन लागेको छ । 

सोही तहमा रारावमा अध्ययनरत केहीको परीक्षा केन्द्र रारावमा राखिएको र केहीको नराखिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थीहरूले क्याम्पस प्रशासनको कक्षमा तालाबन्दी गरेका छन्‌ । उनीहरूले क्याम्पस प्रशासनविरुद्ध चर्को नाराबाजी पनि गरिरहेका छन् । 

विद्यार्थीको आक्रोश जायज रहेको क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) का सभापति मनिष यादवले बताए । रारावमा पहिलेदेखि नै होमसेन्टर रहेकोमा हाल परीक्षा केन्द्रबारे गलत निर्णय गरेको यादवले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्ववियु सभापति यादवका अनुसार रारावको क्याम्पसको परीक्षा केन्द्र जनकपुरधामको मोडेल मल्टिपल कलेज, पब्लिक युथ क्याम्पस र राजर्षि जनक क्याम्पसमा तोकिएको छ ।

परीक्षा केन्द्रलाई लिएर हुने कुनै किसिमको क्षतिको जिम्मेवार विद्यार्थीहरू नभइ क्याम्पस प्रशासन, केन्द्रीय कार्यालय तथा परीक्षा नियन्त्रकको कार्यालय हुने उनले चेतावनी दिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : २५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या