बाढीले क्षति पुर्‍याएको धुलिखेलमा तीन महिनापछि खानेपानी « Khabarhub

बाढीले क्षति पुर्‍याएको धुलिखेलमा तीन महिनापछि खानेपानी


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक-धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ । 

गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पुर्‍याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ । 

उक्त आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका–१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ । 

हाल धुलिखेलस्थित मुख्य ट्यांकीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्याङ्कीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक÷दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले बताए। उनका अनुसार तत्काल अस्थायी रुपमा आयोजना मर्मत गर्न रु १९ लाख ७९ हजार खर्च भएको छ । 

आयोजनाको स्थायी पुनः निर्माण गर्न तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनःनिर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो । 

जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरुप रु एक करोड ४५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिए। जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनःनिर्माणमा खर्च गरिने जनाइएको छ ।

 बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरु तीन महिनादेखि खानेपानी विहीन थिए । 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : ३३ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका