अर्जुनचौपारीका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

अर्जुनचौपारीका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार निजहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पालिका पूर्वअध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

पूर्वअध्यक्ष अर्याल पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार थिए । तीन हजार ३१९ मत ल्याएका उनले नेकपा (एमाले)का मोहन केसीलाई ७८ मतले पराजित गरेका थिए ।

गाउँपालिका-१ स्थित स्थानीय बजार क्षेत्रको बाटो ढलान गर्न आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विनियोजित बजेटबाट गुणस्तरहीन काम गरेको उजुरी आयोगमा परेको थियो ।

सो उजुरी निवेदनबारे अनुसन्धान हुँदा आर्थिक वर्ष २०७५/०७६ मा कार्यान्वयन भएको ‘गाउँपालिका सदरमुकाम व्यवस्थापन क’ योजनाको ‘प्रोभाइडिङ मिक्सिङ एण्ड पोरिङ’ र ‘मेसिन मिक्स कङ्क्रिट’ आटमको सबै ठाउँको ढलान भत्किएको पाइएको थियो ।

राज्यस्रोत खर्च गरिएको सो सडक निर्माणमा अनियमितता गर्दा २७ लाख पाँच हजार ११ रुपैयाँ सात पैसा बराबरको काम गुणस्तरहीन देखिन आएको आयोगले जनाएको छ ।

अर्को आर्थिक वर्ष २०७६/०७७ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको ‘तल्लो बजार नाला तथा ढलान निर्माण योजना’को ‘पीपीसी फर आरसीसी वर्क्स’ आइटममा आठ लाख ३४ हजार ३२० रुपैयाँ ५८ पैसा बराबरको गुणस्तरहीन काम गरेको खुलेको थियो । उक्त योजना अन्तर्गत पनि गरेजति सबै ढलान भत्किएको थियो ।

मिलेमतोमा गुणस्तरहीन काम गरेको देखिन आएकाले प्रतिवादीउपर मागदाबी लिइ आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

मागदाबी विवरणः

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : ३४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार