देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति | Khabarhub Khabarhub

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताएका छन् । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको श्रम संसद्मा उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभई  यससँग मानवीय पक्ष पनि हो भने। आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रूपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गरे। 

‘निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ’, राष्ट्रपति पौडेलले भने। 

नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा समावेश गरिएको उनले बताए। 

‘देशमा सबैभन्दा ठूलो श्रमिकहरूको सङ्ख्या कृषि क्षेत्रमा रहेकाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ’, उनले भने। 

राष्ट्रपति पौडेलले  प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गरे। उनले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएका बताए। 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : ०४ बजे

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व संकलन

भद्रपुर– यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात

अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत

न्युयोर्क – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

म्याग्दी– सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

अर्थसहित संसद्का ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै छ ।