गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा | Khabarhub Khabarhub

गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजना गरेको पार्टीको सय दिने अभियानको समापन गर्दै उनले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताए। 

सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्रनिर्माणका काममा अघि बढिरहेका भन्दै यो एकता सधैँ अक्षुण्ण रहनुपर्छ भने। 

पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्रलाई सफल पार्न यसविरुद्धका गतिविधि निस्तेज पार्नुपर्ने बताए। उनले हिमाल, तराई, पहाड जुनसुकै स्थानका नेपालीबीच एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिए ।

पार्टीका नेता कृष्णप्रसाद सिटौलाले देशको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको उल्लेख गर्दै भने, ‘आर्थिक रूपमा पछाडि परेका जनतालाई विकास मूल प्रवाहमा समाहित गर्नुपर्छ, दलित, महिलाका समस्या समाधान गरेर उनीहरूलाई पनि आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु नेपाली कांग्रेसको दायित्व हो ।’

नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिअनुरूप सबै राजनीतिक दललाई एकाकार गरेर काम गर्नुपर्ने उनले बताए।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टीलाई गुट–उपगुटबाट मुक्त गर्नुपर्छ भने। पार्टीले काठमाडौँका एक सय ३८ वटै वडा, ११ वटै स्थानीय तह र १० वटै निर्वाचन क्षेत्रमा सय दिने अभियान सञ्चालन गरेको जानकारी उनले दिए।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : २७ बजे

प्रचण्डको आरोप : ‘ठूला मिडिया’का मालिकहरू योजना बनाएरै बदानम गर्न लागेका छन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला सञ्चारमामध्यमका

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै सिसवोनीका महिला

सिरहा– सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न सकेन : प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो

झापा– स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको

दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी

सियोल- दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई गिरफ्तार गर्न पुगेको प्रहरीको