२०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षामा चुनौतीपूर्ण « Khabarhub

२०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षामा चुनौतीपूर्ण


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । 

समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण सन् २०२४ प्रेस स्वतन्त्रताको सवालमा चुनौतीपूर्ण देखिएको हो ।

पत्रकार महासंघको सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना अभिलेख भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । 

उनका अनुसार सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए । यस वर्ष अभिलेख भएका प्रेस स्वतन्त्रता हननका ६० घटनामध्ये ३४ जना पत्रकार महिला र ११३ जना पुरुष पत्रकार पीडित भएका छन् ।

महासचिव दाहालले १३ वटा सञ्चार संस्था पनि प्रभावित भएका जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ३८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा