२०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षामा चुनौतीपूर्ण | Khabarhub Khabarhub

२०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षामा चुनौतीपूर्ण


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । 

समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण सन् २०२४ प्रेस स्वतन्त्रताको सवालमा चुनौतीपूर्ण देखिएको हो ।

पत्रकार महासंघको सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना अभिलेख भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । 

उनका अनुसार सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए । यस वर्ष अभिलेख भएका प्रेस स्वतन्त्रता हननका ६० घटनामध्ये ३४ जना पत्रकार महिला र ११३ जना पुरुष पत्रकार पीडित भएका छन् ।

महासचिव दाहालले १३ वटा सञ्चार संस्था पनि प्रभावित भएका जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ३८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार