चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते « Khabarhub

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

चितवन– गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जंगलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।

मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीय कृष्णाकुमारी थापा रहेकी छिन् । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं १२ कै ३९ वर्षीय सीता पोखरेल, २५ वर्षीय पुजन विक, रत्ननगर–१४ की ६० वर्षीय मीना गुरूङ रहेका छन् । 

घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ४७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल