रास्वपाको केन्द्रीय कमिटी बैठक डाकियो, तीन दिनसम्म चल्ने   « Khabarhub

रास्वपाको केन्द्रीय कमिटी बैठक डाकियो, तीन दिनसम्म चल्ने  


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक १९,२० र २१ गते बस्दै छ । सभापति रवि लामिछाने पक्राउ परेपछि पहिलो पटक तीन दिनसम्म केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। 

यो केन्द्रीय कमिटी बैठकमा प्रदेशका सभापति र महामन्त्रीहरूलाई पनि बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति तथा रास्वपाको भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । 

रास्वपा प्रवक्ता मनिस झाका अनुसार बैठकले अबको पार्टीको कार्यदिशा र कसरी पार्टी अगाडि बढ्ने,  जनतामा पार्टीप्रति कस्तो किसिमको  बुझाइ छ, ती कुराहरूको विषयमा पनि छलफल हुने छ । 

रास्वपाले हाल ६० भन्दा धेरै स्थानमा जिल्ला भेला गरिसकेकाले त्यसबारेमा पनि बैठकमा रिपोर्टिङ हुने बताइएको छ । रास्वपाले आगामी वैशाख तेस्रो साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । तर सभापति जेल जाने अवस्था भए रास्वपाले महाधिवेशन गर्छ या गर्दैन भन्ने कुर अन्योल छ । 

यता रास्वपा संसदीय दलमा उपनेता विराजभक्त श्रेष्ठ ती विषयहरूमा पनि बैठकमा छलफल हुने दाबी गर्छन् । उनी यो केन्द्रीय समिति बैठकले रास्वपाको स्पष्ट कार्य योजना, विचार र खाकाहरूमा छलफल हुने बताउँछन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ५७ बजे

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स