हुम्लाको ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा « Khabarhub

हुम्लाको ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिमकोट – जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजकोट क्षेत्रका विभिन्न आठ वटा बस्ती भिरालो जमिन रहेकाले उच्च जोखिममा रहेको निष्कर्ष निकालेको हो ।

ताँजकोट गाउँपालिकाको वडा नम्बर १ को कोलपेल्ना, वडा नम्बर २ को दलितबाडा, वडा नम्बर ३ को भ्यालबाडा र रोकायाबाडा, वडा नम्बर ४ को ओखडेना, वडा नम्बर ५ को लोटपाटा र दलित बाडा बस्ती उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेयले बताए ।

भिरालो जमिन पहिरोको उच्च जोखिम रहेको भन्दै उनले ताँजकोट गाउँ कार्यपालिकाले पुस ३ गते स्थान्तरणका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको जानकारी दिए । जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थान्तरण गर्नका लागि सुरक्षित स्थान पहिचान गरी बस्ती विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।

उक्त बैठकले जिल्लामा विभिन्न समयमा हुनसक्ने विपद्का घटना र त्यसको पूर्व तयारीका विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिको यसअघिका बैठकबाट भएका निर्णयको कार्यान्वयन अवस्थाका बारेमा समीक्षा एवं विश्लेषण गरिएको थियो ।

त्यसैगरी बैठकले विपद्बाट पूर्ण क्षति भएका घरलगायतका भौतिक संरचना गुमाउन पुगेका २५ प्रभावित परिवारलाई राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन कोषबाट तीन लाख ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रत्येक पीडित परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ ।

यस्तै मङ्सिर २६ सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोट र सिमकोट गाउँपापलका वडा नम्बर ८ यांगु गाउँका आगलागी पीडितको घर पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गर्न राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण तथा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाबाट सिफारिस पठाउने निर्णय गरिएको छ । रासस

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : १५ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई