श्रीलङ्काले सबै मन्त्रालयमा अनुसन्धान इकाइ राख्ने « Khabarhub

श्रीलङ्काले सबै मन्त्रालयमा अनुसन्धान इकाइ राख्ने


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काको मन्त्रिपरिषद्ले सोमबार सार्वजनिक संस्थाहरूमा जवाफदेहिता सुनिश्चित गर्नका लागि अनुसन्धान इकाइहरू स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

क्याबिनेटका प्रवक्ता तथा स्वास्थ्य मन्त्री नलिंदा जयतिसाले भने, ‘सरकारले राज्य संस्थाहरूमा अनियमितताको बारेमा धेरै गुनासोहरू प्राप्त गरेको थियो । यी चासोलाई सम्बोधन गर्न तथा सार्वजनिक सेवा अभिवृद्धि गर्न मन्त्रिपरिषद्ले यस्ता निर्णय गरेको छ ।’

उनले अनुमोदित प्रस्तावमा मन्त्रिस्तरीय छानबिन इकाईहरू स्थापना गर्नुपर्ने बताए, जसको नेतृत्व अनुसन्धानमा पूर्व संलग्नता भएका वरिष्ठ कार्यकारी तहका सरकारी अधिकारीले गर्नुपर्नेछ ।

जयतिसाका अनुसार यी अधिकारीहरूले विगतको प्रशासनमा रहेका राज्यका संस्थाहरूको छानबिन गर्ने तथा चलिरहेका सार्वजनिक गुनासो सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : ३७ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६