पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ « Khabarhub

पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नियुक्त भएका पाँच जना राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार राष्ट्रपति पौडेलले पोर्चुगल, दक्षिण कोरिया, बेल्जियम, मलेसिया र डेनमार्कका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

प्रकाशमणि पौडेललाई पोर्चुगल, प्रा।डा। कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम, डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसिया र सुम्निमा तुलाधरलाई डेनमार्कको राजदूतका रूपमा शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको