ग्रामीण सडकले कृषि उपजको बजारीकरण सहज « Khabarhub

 ग्रामीण सडकले कृषि उपजको बजारीकरण सहज


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रूपमा पनि सक्षम बनेका छन् । 

सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्रे भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौँ पुगिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ ।   

यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडाै बाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बेच्दै आएका छन् । केही व्यापारी धान, मकै किन्न घर खेतमा  नै पुग्ने गरेको टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताए ।

यसैबीच, जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ । 

एसियाली विकास बैंकको ऋण सहयोगमा  भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्रे भएको छ । भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया