प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी « Khabarhub

प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ ।

मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो।

सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन्।

काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ।

ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ।

ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंलाई भने चलाइएको छैन। एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर जान केही एसएसपीले ‘लिगलिगे’ दौड जारी राखेका छन्।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : ५९ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २