प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी | Khabarhub Khabarhub

प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ ।

मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो।

सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन्।

काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ।

ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ।

ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंलाई भने चलाइएको छैन। एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर जान केही एसएसपीले ‘लिगलिगे’ दौड जारी राखेका छन्।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : ५९ बजे

सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

बागलुङ– निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो