रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ? « Khabarhub

रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ?


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नै–प्रश्न उठाएका छन् । 

बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले चितवन महाधिवेशनमा आफूले अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको ? भन्दै अध्यक्ष ओलीमाथि प्रश्न गरेका हुन् । 

१० औँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ‘किन उठेको’ भनेर प्रश्न गरेको भन्दै रावलले अध्यक्ष ओलीलाई आठौँ र नवौँ महाधिवेशनमा माधवकुमार नेपाल र झालनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुको कारण सोधेका छन् । 

‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो,’ रावलले भने, ‘तपाई (केपी ओली) ले आठौँ महाधिवेशनमा झालनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको ?’

रावलले चितवन महाधिवेशनमा पार्टीकै केटाहरूलाई लगाएर आफू बसेको होटेलमा नाराबाजी गर्न लगाइएको दाबी गरे । ‘म आफ्नै व्यवस्थाले बसेको होटेल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो,’ उनले भने, ‘मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो ।’

अध्यक्ष ओलीले महाधिवेशनका बेला चितवनमा वरियतामा तल भएका ४ जनालाई विशेष होटेलमा बस्ने व्यवस्था गरे पनि आफूलाई सामान्य एउटा कोठामात्रै उपलब्ध गराएको गुनासो गरे ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : २६ बजे

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।