ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुनेछ : भीम रावल  « Khabarhub

ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुनेछ : भीम रावल 


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रश्नको जवाफ नदिए मिसन ०८४ पतन हुने दाबी गरेका छन् । 

बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले आफूले सोधेका प्रश्नको जवाफ नदिए एमालेको मिसन ०८४ पतन हुने दाबी गरेका हुन् ।

‘पार्टीलाई किन विकृतिमा धकेल्नुभयो । पार्टीपंक्ति कुबाटो र दुषित ठाउँमा धकेल्नुभयो,’ एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिए मिसन ०८४ पतन हुने छ ।’

 रावलले अध्यक्ष ओलीलाई गुठी विधेयकमा प्रश्न उठेपछि पछाडि फर्किएको तत्कालीन अवस्थाको पनि स्मरण गराए ।

 ‘गुठी विधेयक ल्याएर प्रश्न उठेपछि पछि हटेको होइन ?,’ उनले प्रश्न गर्दै भने, ‘होलीवाइन पिएर के के गर्नुभएछ सम्झिनुहोस् । कथित संसद् अवरोध गरेको कुरा सम्झिनुहोस् ।’

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : २८ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा