फागुन १६ र १७ गते काठमाडौंमा रोजगार सम्मेलन « Khabarhub

फागुन १६ र १७ गते काठमाडौंमा रोजगार सम्मेलन


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आन्तरिक रोजगार प्रवर्द्धन दशकको अवधारणालाई मूर्त रूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जनाएको हो ।

उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने र वैदेशीक रोजगारीका क्षेत्रमा देखा परेका चूनौतिहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मन्त्रालयका प्रवक्ता एवं राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ लगायत पाँच सय जनाको सहभागिता रहने उनले बताए । 

सम्मेलनले विभिन्न अन्तर–सम्बन्धित विषयमा श्रमिक, रोजगारदाता र सरकारका अतिरिक्त यस क्षेत्रका विज्ञ, अध्ययन अनुसन्धानकर्ता र नीति निर्माणहरूको समेत सहभागी तामा सघन छलफलको अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ४ : १६ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड