जनमत पार्टीले मनायो धोती दिवस (तस्बिरहरू) « Khabarhub

जनमत पार्टीले मनायो धोती दिवस (तस्बिरहरू)


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले काठमाडौंलगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको छ । 

काठमाडौंको माइतीघरलगायत विभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका अध्यक्ष सिके राउत लगायत माइतीघरमा सहभागी भएका थिए ।

उनीहरूले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, मधेशी एकता जिन्दाबाद, धोती भनेर हेप्न पाइँदैन, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्ड देखाएका थिए ।

सो क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सबै जातजातिको आफ्नै भेषभुषा रहेको र त्यसलाई सबैले आफ्नो सम्पत्ति मान्नुपर्ने बताए। अहिले पनि एकल भाषाभाषी लाद्ने कोसिस भइरहेकाले त्यसप्रति सजक गराउनका लागि पनि धोती दिवस मनाएको उनले बताए । 

जनमतले जनवरी १ तारिकका दिन हरेक वर्ष धोती दिवस मनाउँदै आएको छ । 

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : २० बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर