दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने « Khabarhub

 दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ । 

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । 

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयर बी ७३७–८०० विमानको भग्नावशेषबाट बरामद गरिएको उडान रेकर्डरले डाटा भण्डारण एकाइलाई यसको पावर स्रोतमा जोड्ने हराएको कनेक्टरसहित बाह्य क्षति भएको पाइएको थियो । 

मन्त्रालयको हवाई नीति विभागका निर्देशक जु जोङ–वानले भने, ‘क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरबाट यहाँ डाटा निकाल्न सम्भव छैन भन्ने हामीले निर्धारण गरेका छौँ, त्यसैले हामीले यसलाई अमेरिका पठाउने र त्यहाँ विश्लेषण गर्ने कुरामा एनटिएसबीसँग सहमति गरेका छौँ ।’

संयुक्त राज्य अमेरिकाको एउटा टोली सोमबार दक्षिण कोरिया पुगेको थियो र अर्को दिन मुआनमा भूमि, पूर्वाधार र यातायात मन्त्रालयको नेतृत्वमा दक्षिण कोरियाली अधिकारीहरूसँग संयुक्त अनुसन्धान सुरु गरेको थियो । 

उनीहरूको प्रारम्भिक संयुक्त स्थलगत अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले विमान अवतरणमा सहयोग गर्ने लोकलाइजर भनिने नेभिगेसन प्रणालीमा ध्यान केन्द्रित गरेका थिए ।

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा कङ्क्रिट संरचनामा जडान गरिएको लोकलाइजरलाई जेजु एयर दुर्घटनामा हताहतको गम्भीरता बढाउन जिम्मेवार ठहर्‍याइएको योन्हापले बताएको छ।

दक्षिण कोरियाली अधिकारीहरूले दक्षिण कोरियाको मुआन क्षेत्रमा भएको विमान दुर्घटनामा १८१ यात्रुमध्ये १७९ जनाको मृत्यु भएको र दुई जनालाई उद्धार गरिएको पुष्टि गरेका थिए ।

आइतबार बिहान १७५ यात्रु र छ जना चालक दलका सदस्य बोकेको जेजु एयरको यात्रु जेट मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्यान्ड गरी विस्फोट भएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । 

विमान अवतरण गर्दा ल्यान्डिङ गियर नखुलेको अवस्थामा धावनमार्गबाट चुकेर जमिनमा घस्रिँदै कङ्क्रिट पर्खालमा ठोक्किएर आगो लागेको थियो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : ४२ बजे

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध

नयाँ सभ्यताको मोडमा नेपाल-भारत सम्बन्ध

म कूटनीतिमा दख्खल राख्ने व्यक्ति होइन । यो लेख मैले

बीपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

काठमाडौँ– सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी