उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री « Khabarhub

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् । 

राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उनले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन्। 

शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सिटिइभिटी) को पुनर्संरचना गर्न थालिएको बताइन्। उनले सिटिइभिटीलाई प्रदेशस्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिए। 

‘सिटिइभिटीको पाठ्यक्रम र पुनर्संरचना गर्न आवश्यक छ । त्यही भएर हामीले कार्यदल गठन गरेका हौँ । अब कार्यदलले १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नेछौँ’, उनले भनिन्, ‘सोही प्रतिवेदनका आधारमा सिटिइभिटीलाई पुनर्संरचना गर्नेछौँ ।’

नवप्रवर्द्धनलाई बढाउन दिनका लागि छुट्टै कोषसमेत बनाउन थालिएको बताउँदै मन्त्री भट्टराईले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई पनि नवप्रवर्द्धनको क्षेत्रमा काम गर्ने सक्ने बनाउनुपर्नेमा जोड दिइन् । 

मन्त्री भट्टराईले शिक्षासम्बन्धी बनेका नीति, ऐन कार्यान्वयनमा चुनौती रहेको भन्दै त्यसलाई कार्यान्वयनतर्फ लैजानुपर्ने बताए। 

समिति बैठकमा समिति सदस्य मदनकुमारी शाहले पाठ्यक्रमलाई जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिइन् । समिति सदस्य पद्मबहादुर परियारले विद्यालयको भवन राम्रो भए पनि बालबालिकाको पहुँच नभएको बताइन्। 

समिति सदस्य युवराज शर्माले शिक्षक, विद्यार्थीलाई अनुशासनमा राख्नुपर्नेमा जोड दिइन्। 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : १३ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको