लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य : कृष्णप्रसाद सिटौला « Khabarhub

लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य : कृष्णप्रसाद सिटौला


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा सो पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमा प्रेस स्वतन्त्रा अनिवार्य हुनुपर्छ भन्ने मूल्यमान्यताप्रति पार्टी अडिग रहेको बताएका छन्। 

पार्टीको कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभागद्वारा बुधबार आयोजित नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनकोतर्फबाट विजयी सञ्चारकर्मीलाई सम्मान कार्यक्रममा उनले लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरणमा सञ्चारजगतको महत्त्वपूर्ण योगदान रहेको विचार राखे 

नेता सिटौलाले सञ्चारकर्मीले जनताको हकअधिकारप्रति सदैव जागरूक गर्दै आइरहेको चर्चा गर्दै सञ्चार जगत् प्रजातन्त्र र लोकतन्त्रको पहेरदार रहेको विचार राखे। उनले श्रमजीवी पत्रकारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको चर्चा गर्दै कांग्रेसले उनीहरूको समस्याको उठान गरी समस्या समाधानतर्फ लाग्नुपर्ने सुझाव दिए । 

कोशी प्रदेश समितिका अध्यक्ष एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले लोकतन्त्र ल्याउन सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको चर्चा गरे। कोशीका महामन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले गणतन्त्रलाई बलियो बनाउन सञ्चारकर्मीले कलम चलाउन आग्रह गरे । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले मुलुकको समृद्धिमा  सञ्चारकर्मीहरूले योगदान दिन आग्रह गरे ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला र अमृत अर्याललगायतले कांग्रेस प्रेस स्वतन्त्राप्रति प्रतिबद्ध रहेको बताए । सो अवसरमा नेता सिटौलाले युनियनबाट विजयी भएको १४ जिल्लाका सञ्चारकर्मीलाई सम्मान गरेका थिए।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : ३० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर