२०२४ मा भारतको जम्मु कश्मीरमा मारिएका ६० प्रतिशत लडाकु पाकिस्तानी « Khabarhub

२०२४ मा भारतको जम्मु कश्मीरमा मारिएका ६० प्रतिशत लडाकु पाकिस्तानी


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशासित जम्मु कश्मीरमा पाकिस्तानी घुसपैठ बढ्दै गएको पाइएको छ । भारतीय सेनाका वरिष्ठ अधिकारीले सन् २०२४ मा जम्मु कश्मीरमा मारिएका ६० प्रतिशतभन्दा धेरै लडाकु पाकिस्तानी नागरिक भएको बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी र सेनाको उत्तरी क्षेत्रका कमाण्डर लेफ्टिनेन्ट जनरल एमभी सुचेन्द्र कुमारको नेतृत्वमा जम्मु कश्मीर क्षेत्रमा अतिवादीविरुद्ध कारवाही गर्दै आएको छ । भारतीय सेनाले पाकिस्तानी सहयोग प्राप्त लडाकु संगठनमा स्थानीय कश्मीरीको भर्ना भने ह्वात्तै घटेको जनाएको छ ।

यस वर्ष त्यस्ता संगठनमा केबल ४ जना कश्मीरी मात्रै भर्ना भएको सेनालाई उद्धृत गर्दै एएनआईले जनाएको छ । सो क्षेत्रमा मुठभेड र दोहोरो भीडन्तका क्रममा ७५ जना लडाकु मारिएका छन् । यस वर्ष जम्मुको राजौरी, पुन्च, दोदा, किश्तवर, कथुवा र रेयासी जस्ता क्षेत्रमा पाकिस्तानी सहयोग प्राप्त लडाकु संगठनको गतिविधिमा कमी आएको पाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : ३१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल