राष्ट्रपति रनिङ शिल्डमा बुढानीलकण्ठको बाल विकास तेस्रो « Khabarhub

राष्ट्रपति रनिङ शिल्डमा बुढानीलकण्ठको बाल विकास तेस्रो


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्डको पाँचऔं चरणमा बाल विकास बोर्डिङ हाइ स्कुलका विद्यार्थीहरुले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका छन् । बाल विकास उक्त प्रतियोगितामा समग्रमा तेस्रो र वडा नं ३ बाट प्रथम स्थान प्राप्त गरेको छ । विशेषगरी कुङ फु र रनिङमा बाल विकासका विद्यार्थीले सानदार जित हासिल गरेका हुन् ।

प्रतियोगितामा बाल विकासले ६ वटा स्वर्ण पदक ,८ वटा रजत पदक र ३ वटा कांस्य पदक जित्न सफल भयो । विद्यालयले सम्पूर्ण विजयी विद्यार्थीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा खेल प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरका कुङ फु रेफ्री सुकमान लामाको प्रशिक्षणमा प्रशिक्षित विद्यार्थीहरूले हासिल गरेको जितका लागि विद्यालयले उनीप्रति आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

काठमाडौंको उत्तरी भेगकै नमुना विद्यालयको रूपमा स्थापित र स्थापनाकालको ३० औं वर्षमा प्रवेश गरेको विद्यालयले भविष्यमा पनि देश तथा विदेशमा खेलकुदमार्फत योगदान गर्नमा उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरा विद्यालयका संस्थापक प्राचार्य महेशकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : ४२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस