राष्ट्रपति रनिङ शिल्डमा बुढानीलकण्ठको बाल विकास तेस्रो « Khabarhub

राष्ट्रपति रनिङ शिल्डमा बुढानीलकण्ठको बाल विकास तेस्रो


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्डको पाँचऔं चरणमा बाल विकास बोर्डिङ हाइ स्कुलका विद्यार्थीहरुले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका छन् । बाल विकास उक्त प्रतियोगितामा समग्रमा तेस्रो र वडा नं ३ बाट प्रथम स्थान प्राप्त गरेको छ । विशेषगरी कुङ फु र रनिङमा बाल विकासका विद्यार्थीले सानदार जित हासिल गरेका हुन् ।

प्रतियोगितामा बाल विकासले ६ वटा स्वर्ण पदक ,८ वटा रजत पदक र ३ वटा कांस्य पदक जित्न सफल भयो । विद्यालयले सम्पूर्ण विजयी विद्यार्थीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा खेल प्रशिक्षक अन्तर्राष्ट्रिय स्तरका कुङ फु रेफ्री सुकमान लामाको प्रशिक्षणमा प्रशिक्षित विद्यार्थीहरूले हासिल गरेको जितका लागि विद्यालयले उनीप्रति आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

काठमाडौंको उत्तरी भेगकै नमुना विद्यालयको रूपमा स्थापित र स्थापनाकालको ३० औं वर्षमा प्रवेश गरेको विद्यालयले भविष्यमा पनि देश तथा विदेशमा खेलकुदमार्फत योगदान गर्नमा उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरा विद्यालयका संस्थापक प्राचार्य महेशकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : ४२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार