विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपिल « Khabarhub

विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपिल


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी काम गर्न सांसदहरूलाई अपिल गरेको छ ।

आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले आउँदो अधिवेशनमा पारित गर्ने गरी जतिसक्दो चाँडो काम गर्न आफ्नो पार्टीका सांसदलाई आग्रह गरेको कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले जानकारी दिनुभयो ।

बैठकमा समितिमा रहेका विधेयकको अवस्था र ती विधेयक पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको थियो । संसद्मा विचाराधीन विधेयकका सन्दर्भमा सङ्घीय संसद्का अर्थ, शिक्षा, कानुन, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदसँग छलफल गरिएको थियो ।

समितिमा १५ वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रमुख सत्तारूढ दुई दल नेकपा ९एमाले० र नेपाली कांग्रेस सम्मिलित कार्यदलको पछिल्लो बैठकले सङ्घीय संसद्मा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ९ : ५२ बजे

किमको आह्वान : देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउने

सियोल– उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा–  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

घोडाघोडी– असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले

सरकारका तीन महिना : थोरै प्रसंशा, धेरै चुनौती, चौतर्फी आलोचना

काठमाडौं- गत चैत १३ मा सपथ लिएको सरकारको कार्यकाल तीन