सार्वजानिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्री वितरण निषेध | Khabarhub Khabarhub

सार्वजानिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्री वितरण निषेध


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकाले  सार्वजानिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्री वितरण निषेध गरेको छ ।

नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सुर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।

नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सुर्ति सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ति, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चन्द्रागिरि नगरपालिकामा रहेका शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय लगायतका सार्वजनिक स्थलमा धुमपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ति, खैनी गुट्खा, सुर्ति वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थलाई निषेध गर्न सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट व्यवस्था गरेको छ । उपरोक्त कानूनी व्यवस्था हुँदाहुँदै हालसम्म चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र मदिरा, सुर्तिजन्य पदार्थहरू बिक्री बितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकाले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तिजन्य पदार्थको सेवनका कारण भूमि प्रदुषित हुने, ढल जाम हुने, फोहरमैला बढ्न गइ शहरको सुन्दरतामा समेत प्रतिकूल प्रभाव परेको छ ।’

विज्ञप्तिमा सुर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका जस्तै खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तिजन्य पदार्थहरू र सार्वजनिक स्थानमा धुमपानलाई यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरि चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

विज्ञप्तिमा कसैले सूचनाको अवज्ञा गरी बिक्री बितरण गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी व्यवसायीलाई कानून अनुसार अधिकतम सजाय गरिने जनाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : ४९ बजे

प्रचण्डका विकल्प : कार्यकारी अध्यक्ष दिएर निर्वाचन फेस गर्ने कि महाधिवेशनपछि नेतृत्व छाड्ने ? 

काठमाडौं– जेन–जी आन्दोलनपछि अहिले ठूला दलका शीर्ष नेताहरू घेराबन्दीमा छन् ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी

रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौं– रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले