लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा | Khabarhub Khabarhub

लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम्‌ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका माध्यमबाट लोकतान्त्रिक समाजवाद संस्थागत हुनेमा विश्वस्त भएर सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याएको बताएका छन् ।

कांग्रेसको सहकारी विभागले शनिबार सानेपामा आयोजना गरेको ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एक दिवसीय विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले पुस १४ गते ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका थिए ।

सरकारले गत पुस ९ मा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।

सोही अध्यादेशबारे सभापति देउवाले शनिबार भने, ‘सरकारले समयानुकूल सहकारीमैत्री ऐन नियमहरू व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस गरी नयाँ अध्यादेश ल्याएको हो ।’

उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको पनि बताए ।

देउवाले सहकारी क्षेत्रमा देखा परेको विकृति अन्त्य गरेर सर्वमान्य आदर्श, मूल्य, मान्यता र सिद्धान्तअनुसार सहकारी संस्थाहरू सञ्चालन हुनुपर्नेमा कांग्रेस प्रतिबद्ध रहेको पनि बताए ।

‘वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विकृति, विसंगतिको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास विस्तारका लागि सबै सहकारी संघसंस्थाहरू सहकारीको सर्वमान्य आदर्श, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध छ’, देउवाले भने ।

अत्यन्त दुःख–कष्ट र मिहिनेत गरेर सहकारी संस्थामा रकम जम्मा गरेका लाखौं बचतकर्ताहरू पीडित भएका पनि बताए ।

‘उनीहरूको रहम सहकारी संस्थाहरूले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा बचतकर्ताको रकमको सुरक्षाको ग्यारेन्टी गर्नुपर्दछ,’ सभापति देउवाले भने, ‘आजको आवश्यकता पनि त्यही हो ।’

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : २३ बजे

‘राजनीतिमा अनेकौँ मान्छे आएका छन्, सही–गलत नागरिकले छुट्याउनुपर्छु’ 

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिमा विभिन्न चरित्रहरू

असल विद्यार्थी भए मात्रै समाज राम्रो बन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता

एजेन्सी – दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा

चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेश

चितवन– एकीकृत चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेशनेतासहित सयौँ नेता

हमासले रिहा गर्‍यो दुई बन्दी

गाजा– गाजाको बन्दरगाहमा रहेका हमासका सयौँ लडाकुहरूका बीचमा अमेरिकन कैदीको