कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे « Khabarhub

कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिएका छन् । 

प्रधानता मिडियाद्वारा शनिबार आयोजित ‘नेपालको भू–राजनीतिः अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धिका लागि कूटनीतिक पहल’ विषयक कार्यक्रममा उनले परराष्ट्रनीति अपरिवर्तनीय हुने भएकाले सत्ता र शासन फेरिँदैमा नडगमगाउने धारणा राखे ।

पूर्वमन्त्री पाण्डेले भने, ‘देशको परराष्ट्र नीति परिवर्तन हुँदैन तर कार्यान्वयन गर्ने क्रममा विधि र प्रक्रिया भने परिवर्तन हुन सक्छ । कूटनीतिमा अनुभव र सीप चाहिन्छ, त्यो नै महत्त्वपूर्ण विषय हो ।’

पछिल्ला वर्षमा कूटनीतिमा संस्थागत स्मरण शक्ति कमजोर भएको आरोप लगाउँदै उनले परराष्ट्र नीति देशको हुने भएकाले हाम्रो सामर्थ्यलाई बढाएर लैजानुपर्ने खाँचो औँल्याए । 

पूर्वसञ्चारमन्त्रीसमेत रहेका पाण्डेले भने, ‘पहिचान भनेको इतिहास, धर्म, संस्कृति र सोच हो, ती जोगाउनुपर्ने विषय हुन् ।’

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : १० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा